बागमती प्रदेश लिग : सेमिफाइनल समीकरण पूरा
मकवानपुर । हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बागमती प्रदेश फुटबल संघको आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने सेमिफाइनल चरणको समीकरण पूरा भएको हो ।
सोमबार सम्पन्न समूह चरणको अन्तिम २ खेलमा ललितपुर र सिन्धुली सेमिफाइनल यात्रा तय गरेको हो । सेमिफाइनलका लागि समूह ‘क’ बाट काठमाडौँ, समूह ‘ख’ बाट सिन्धुली, समूह ‘ग’ बाट ललितपुर र समूह ‘घ’ बाट दोलखा सेमिफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौँले समूह चरण अन्तर्गत काभ्रे र चितवनलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो भने सिन्धुलीले भक्तपुर र सिनधुपाल्चोकलाई हराएको हो । ललितपुरले मकवानपुर र धादिङलाई हराउँदै सेमिफाइनलमा प्रवेश गर्दा दोलखाले नुवाकोटलाई पराजित गरेको थियो ।
बुधबारबाट हुने सेमिफाइनल चरणको पहिलो खेलमा सिन्धुलीको ब्लु अल्पान क्लब र दोलखाको टाइगर टिम तिखातालबिच प्रतिस्पर्धा हुनेछ भने बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबको सामना गर्नेछ ।
यसअघि सोमबार भएको समूह चरणको अन्तिम २ खेलमा सिन्धुलीको ब्लु अल्पाईन फुटबल क्लबले सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलको पहिलो हाफमा सिन्धुलीको तर्फबाट १६ औँ मिनेटमा प्रविन महतरा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३० औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै निर्दोष थिङले अग्रतालाई बढाएका थिए । यता सिन्धुपाल्चोकबाट टिम क्याप्टेन भीम बहादुर गुरुङले पेनाल्टीको सुनौलो अवसरलाई गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
प्रतियोगिता अन्तर्गत सोमबार नै समूह चरणको दोस्रो खेलमा धादिङको धुनिवेसी युथ समाजलाई ३–१ गोल अन्तरले ललितपुर फुटबल क्लबले पराजित गरेको थियो । ललितपुरको जीतमा सुवित गुरुङले २ गोल प्रहार गरेका थिए । उनले खेलको २० र ७८ औँ मिनेटमा २ गोल गरेका थिए । ललितपुरका लागि अमृत चन्दले पुनः १ गोल गर्दै टिमलाई जिताएका हुन् ।
धादिङ तर्फबाट सूर्य बहादुर गुरुङले एक मात्र गोल फर्काउन सफल भएका थिए । म्यान अफ द म्याच २ गोलकर्ता सुवित घोषित भएका थिए ।
११ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकका एजेण्डा
-
चार श्रीमतीका नाममा करोडौँ लुकाएको मुद्दा, सर्वोच्चले झिकायो फाइल
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
-
डिप्रेसनमा पुर्याउने लोकसेवा !
-
इजरायलको आक्रमणमा मर्ने ११ जनामा हमासका प्रहरी प्रमुख पनि
-
निमोनियाका कारणले सचिन परियारको निधन : अस्पताल