वर्तमान सरकारले सही काम नगरे माओवादी सडकमा जान्छ : वर्षमान पुन

प्युठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन् । वर्तमान सरकार जनताको चाहाना पूरा गर्न भन्दा पनि बिचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरूको रुचि अनुसार बनेको दाबी गरेका उनले राष्ट्रियता र जनतन्त्रका मुद्दालाई नजरअन्दाज गरेमा सरकार विरुद्ध माओवादी सडकमा उत्रने चेतावनी दिए ।
माओवादी केन्द्र प्युठानको नौबाहिनी गाउँपालिकाको तेस्रो अधिवेशनमा बोल्दै उनले भने, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस् प्रधानमन्त्री खानुस् भनेर ओलीलाई अफर गरे, बेचन झाहरु पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो । बालकोटमा पनि एउटा तरंग भइरहेको थियो । त्यसपछि रातारात गठबन्धन बन्यो । सुशासनको अभियान कमजोर बनाउन, बिचौलियाहरूको डिजाइनमा सरकार बनाए ।’
पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले सरकार छोड्दा आफूहरूलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने बताए ।
सुशासनको विपक्षमा गठबन्धन र सरकार बनाएकै कारण उपनिर्वाचनमा जनताले कांग्रेस–एमालेलाई दण्डित गरेको र आगामी चुनावमा यो अझ बढ्ने उनले दाबी गरेका छन् । पत्रकार महासंघको चुनावमा देखिएको जनमतले पनि माओवादीप्रति आम जनता तथा बौद्धिक वर्गमा समेत आकर्षण देखिएको उनले विश्लेषण सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ