रवि दुधले नुहाएका व्यक्ति होइनन्, तर सरकारले प्रतिशोध साँधेको प्रस्ट छ : डा.केसी
काठमाडौँ । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको कुरामा आफू क्लियर रहेको बताएका हुन् ।
विश्लेषक डा.केसीले लामिछाने दुधले नुहाएको मान्छे होइनन् भन्ने कुरामा पनि आफू प्रस्ट रहेको बताए । ‘जे गरे पनि हुन्छ भन्ने अभ्यास गर्ने पछिल्लो प्रवृत्ति चाहिँ रवि लामिछाने हो । रवि लामिछानेमाथि प्रतिशोध भएको हो भन्ने कुरामा क्लियर छु । तर, रवि लामिछाने पनि दुधले नुहाएका व्यक्ति होइनन् भन्ने कुरामा म त्योभन्दा बढी प्रस्ट छु,’ उनले भने ।
साथै, फरक प्रसङ्गमा उनले सरकारमा रहेका मन्त्रीहरूलाई पोलिटिकल टर्मिनोलोजी नै थाहा नभएको टिप्पणी गरे । अर्थमन्त्री ८ क्लास पढेको र परराष्ट्रमन्त्री मनोविद्लाई बनाइएको भन्दै उनले भने, ‘अब ८ क्लास पढेकोलाई अर्थमन्त्री बनाउने, मनोविद्लाई लगेर परराष्ट्रमन्त्री बनाउने अनि नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई निम्तो दिएनन् भनेर यहाँ छाती पिट्ने । कसरी हुन्छ त ? पोलिटिकल टर्मिनोलोजी नै थाहा छैन ।’
साथै, आजको दिनमा हरेक राजनीतिक दलहरूभित्र राजनीतिक कमैयाहरू रहेको र तिनीहरू नै अहिलेको समस्याको रूपमा रहेको बताए । ‘आजको मूल मुद्दा भनेको राजनीतिक दलभित्रको कमैया प्रथा उन्मुलन नै आजको मुख्य एजेन्डा हुनुपर्छ । हरेक दलभित्र राजनीतिक कमैयाहरू छन्,’ उनले भने ।
आज सेना, कर्मचारी र राजनीतिक वृत्तमा पनि भ्रष्टाचारको कुरा उठिरहेको बताउँदै उनले यसबारे बोल्न डर मर्दो अवस्था रहेको बताए । उनले भ्रष्टाचारको विरुद्धमा बोल्दा कालो पट्टी बाँधेर जेल कोचिदिन सक्ने अहिलेको खतरा रहेको बताए । विश्लेषक डा. केसीले नेताहरूलाई भ्रष्टाचार गर्न सिकाउने र पुँजी पलायन गर्न सिकाउने तत्त्व कर्मचारी नै रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
जसपा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा नयाँ पदाधिकारी चयन
-
रास्वपाले तय गर्यो केन्द्रीय समिति बैठकका एजेण्डा
-
चार श्रीमतीका नाममा करोडौँ लुकाएको मुद्दा, सर्वोच्चले झिकायो फाइल
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग