नेता–कर्मचारीहरूले पैसा पानी ट्याङ्की र जमिनमुनि राखेका छन् : वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेताहरू र कर्मचारीहरूको घरमा छापा मारिनुपर्ने बताएका छन् । सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्ट नेताहरू र कर्मचारीहरूले घरको पानी ट्याङ्की र जमिनमुनि पैसा गाडेर राखेको दाबी गरे ।
भ्रष्ट नेता र कर्मचारीहरूको घरमा छापा मारेर उनीहरूको सम्पत्ति जफत गरिनुपर्ने उनको भनाइ छ । उनले भ्रष्टाचार गरेर कमाएका नेता र कर्मचारीहरूको सम्पत्ति जफत गरिएको खण्डमा नेपालले विदेशीबाट आर्थिक सहायता नै लिन नपर्ने बताए ।
त्रिपाठीले सम्पत्ति शुद्धीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनु स्वागतयोग्य रहेको बताए । उनले अरू नेताहरूको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताए । ‘सम्पत्ति शुद्धीकरणको यो प्रक्रिया रवि लामिछानेमाथि भयो, अत्यन्त स्वागतयोग्य छ । तर, अरूमाथि पनि यो सम्पत्ति शुद्धीकरण हुनुपर्छ । तिनीहरूको सम्पत्ति खोजिनुपर्छ । छानबिन हुनुपर्छ,’ उनले भने ।
अहिले पनि लामिछानेलाई भगवान् ठान्ने र सहकारी ठगीमा निर्दोष देख्नेहरूमा बौद्धिक क्षमताको अभाव रहेको उनको टिप्पणी छ । लामिछानेले सहकारीमा मात्रै नभएर कालिकोटको रास्कोट अस्पताल निर्माण गर्दासमेत आर्थिक अपचलन गरेको हुनसक्ने उनको आशङ्का छ ।
लामिछानेले सो अस्पताल निर्माणका लागि देश विदेशबाट आएको चन्दा श्रीमती निकिता पौडेल, ससुरा उद्धव पौडेल र पार्टी महामन्त्रीको खातामा ट्रान्सफर गरेको पाइएको वरिष्ठ अधिवक्ता त्रिपाठीको दाबी छ । उनले भने, ‘त्यति मात्रै होइन, दुर्गम क्षेत्रमा अस्पताल बनाउँछु भनेर साह्रा नेपालीहरूले, देशमा मात्रै होइन विदेशमा रहेकाहरूले पनि आफ्नो पसिनाको कमाइ अस्पताल बनाउन पैसा दिए । त्यो चन्दाको पैसा उहाँले आफ्नो श्रीमतीको खातामा ट्रान्सफर गर्नुभयो । आज उहाँले गोर्खा मिडियाको पैसा श्रीमती, आफ्नो ससुरा, पार्टीको महामन्त्रीको खातामा पनि ट्रान्सफर गर्नुभयो भन्ने कुरा आइरहेको छ ।’
लामिछानेले गरिब, आवाजविहीन र निमुखाहरूको पैसामा रजगज गरेको त्रिपाठीको आरोप छ । लामिछानेको कारण राष्ट्र ठगीमा परेको उनको टिप्पणी छ । अब धनराज गुरुङ र ऋषिकेश पोखरेल पनि छानबिनको दायरामा आउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल पनि सहकारी ठगी प्रकरणमा छानबिनको दायरामा आउनुपर्ने उनको भनाइ छ । उनले
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया काण्ड पनि छानबिनको दायरामा आउनुपर्ने उनको माग छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले उक्त पैसाको कहीँ न कहीँ खोजबिन हुनुपर्ने बताए । उनले मान्छेलाई थुनेर मात्रै नहुने र आरोपित छानबिनको दायरामा पनि आउनुपर्ने बताए ।
‘आज केपी ओलीजीको बारेमा जुन आयो, अर्बौँ रुपैयाँको कुरा । त्यो चाहिँ टेलिकम कम्बोडियाको हो कि कहाँको हो त ? तर, कहीँ न कहीँ पैसा चाहिँ अपचलन भएको छ । कहीँ न कहीँ त्यो पैसाको खोजबिन हुनुपर्छ । यत्रो आरोप लागिसकेपछि त्यसको छानबिन हुनुपर्ने होइन ? खाली मान्छेलाई थुनेर पनि हुँदैन । त्यो कुरामा पनि छानबिन हुनुपर्यो । के हो ? पैसा कहाँ गएको छ ? कसरी भ्रष्टाचार भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो