बुद्धि तामाङले घोषणा गरे ‘कुस्ती’
काठमाडौँ । कलाकार बुद्धि तामाङले फिल्म ‘कुस्ती’ निर्माण घोषणा गरेका छन् । सोमबार तमु ल्होसारको अवसर पारेर फिल्म घोषणा गरिएको हो ।
फिल्ममा अनिल योञ्जनको लेखन तथा निर्देशन रहनेछ । फिल्मको एक पोष्टर समेत सार्वजनिक गरिएको छ । जसमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ । यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् ।
फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ । अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए ।
उनले भने, ‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ ।’
कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने, ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु ।’
काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले