माग र उत्पादन वृद्धि भएसँगै च्याउमा व्यवसायमा चुनौती थपियो : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउको माग तथा उत्पादन वृद्धि भएका कारण चुनौती थपिएको बताएका छन् । नेपाल च्याउ किसान सङ्घले आयोजना गरेको च्याउ मेलामा मन्त्री अधिकारीले माग तथा उत्पादन वृद्धि भएकै कारण चुनौतीहरू पनि थपिएको बताएका हुन् ।
उनले यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्ने तर्क राखे । ‘नेपालीको च्याउ खाने बानी बसेको छ । माग बढ्दो छ र यसको उत्पादन पनि दिनानुदिन वृद्धि भइरहेको छ,’ उनले भने, ‘तथापि समस्या चुनौतीहरू विविध छन् । माग तथा उत्पादनकै कारण चुनौतीहरू पनि थपिएका हुन् यसलाई सकारात्मक रूपमा लिई चुनौती तथा समस्या समाधान तर्फ अग्रसर हुनुपर्छ ।’
नेपालमा व्यावसायिक रूपमा कन्ये, गोव्रे, सिताके, पराले, ग्यानोडर्मा लगायतका च्याउहरूको खेती भइरहेका छन् र बढी तापक्रम (४० डि.से.) मा पनि सहजै उत्पादन गर्न सकिने दुधे च्याउ खेती प्रविधि पनि विकास भएर व्यावसायिक खेती सुरु भइरहेको छ । यसका अलावा च्याउमा रोग किरा व्यवस्थापन, निर्मलीकरण, प्रशोधन, गुणस्तरीय बिउ उत्पादनमा पनि अनुसन्धान भई प्रविधिहरू पनि आइसकेको मन्त्री अधिकारीले बताए ।
‘च्याउको गुणस्तरीय बिउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएकाले अबको हाम्रो ध्यान स्वदेश मै च्याउको गुणस्तरीय बिउ उत्पादनतर्फ हुनुपर्ने छ’ उनले भने ।
व्यावसायिक रूपमा प्रवर्द्धन गर्नका लागि आज पुस १५ गते सङ्घले च्याउ मेला आयोजना गरी राष्ट्रिय च्याउ दिवस मनाउँदै छ । एकदिने मेलामा ४० वटा स्टलहरूमा च्याउका प्रदर्शनी रहेका छन् । मेलामा च्याउका विभिन्न परिकारको विभिन्न प्रदर्शनी समेत गरिएको छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
-
‘करोड क्लब’का सचिन परियारको नियति : बालकैमा भाइरल, बालकैमा गुमनाम
-
पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रूपान्तरणले महत्त्व पाउने छ : अध्यक्ष प्रचण्ड
-
बेरुजु फर्छ्यौट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
-
बागमती प्रदेश लिग : फाइनलमा काठमाडौँ र दोलखा भिड्ने
-
ट्रम्पको होटल अगाडि भएको विस्फोट न्यू ओर्लियन्सको आक्रमणसँग जोडिएको थियो ?