स्टुडियो सेभेन क्वार्टरफाइनलमा, मिक्समान्डुको लगातार दोस्रो जित
काठमाडौँ । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि–१० प्रतियोगिताको सोमबार सम्पन्न खेलमा थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी विजयी भएका छन् ।
समूह ’डी’ अन्तर्गतको खेलमा थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई तीन विकेटले हरायो । ६४ रनको लक्ष्य पाएको थानकोट वारियर्सले ८।३ ओभरमा चार विकेट गुमाएर जित हासिल ग¥यो । थानकोट वारियर्सका सुरेश पुन प्लेयर अफ द म्याच घोषित भए । उनले अवजित २९ रन बनाए ।
समूह ’बी’ अन्तर्गतको खेलमा स्टुडियो सेभेनले स्मार्ट ए केयर मिडियालाई ६ विकेटले हरायो । ४६ रनको लक्ष्य पछाएको स्टुडियो सेभेनले ६.१ ओरमा एक विकेट गुमाएर जित हासिल गर्यो । प्लेयर अफ द म्याच घोषित स्टुडियो सेवनका सन्देश कार्कीले १० रन बनाउनुका साथै तीन विकेट पनि लिए । सो समूहबाट किङ्स क्रिकेट विजेता र स्टुडियो सेभेन उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरे ।
समूह ‘डी’ अन्तर्गतको खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार चौथो जित दर्ता गर्ने क्रममा पञ्चायन यूथ क्लबलाई १२ रनले हरायो । ४३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायनले ३० रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका सन्दीप पराजुलीले चार विकेट लिए । सो समूहबाट विजेताको रूपमा ग्रेट हिमालय क्रिकेट एकेडेमी क्वार्टरफाइनल प्रवेश गर्यो ।
समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा नेक्सस क्रिकेट एकेडेमीले स्मार्ट ए केयर मिडियालाई सात विकेटले पराजित गर्यो । २६ रनको लक्ष्य पाएको नेक्ससले २.२ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित नेक्ससका राजेश रावतले चार विकेट लिए ।
समूह ‘डी’ अन्तर्गतको खेलमा मिक्समाण्डुले पञ्चायन यूथ क्लबलाई ३० रनले हरायो । ८८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायन ५७ रनमै समेटिन पुग्यो । उक्त खेलमा प्लेयर अफ द म्याच घोषित मिक्समाण्डुका सोनु देवकोटाले तीन विकेट लिए ।
समूह ‘बी’ अन्तर्गतकै अर्को खेलमा नेक्सस क्रिकेट एकेडेमीले टिम रेन्सुलाई पाँच विकेटले पराजित गर्यो । टिम रेन्सुले दिएको ५३ रनको लक्ष्य नेक्ससले ७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । लेयर अफ द म्याच घोषित मेक्ससका आर्यन विकले तीन विकेट लिए ।
समूह ‘डी’ अन्तर्गतको अर्को खेलमा मिक्समाण्डुले सानो स्वर्ग नेपाललाई ७९ रनले हरायो । एक सय पाँच रनको लक्ष्य पाएको सानो स्वर्गले २५ रनमा सम्पूर्ण विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका अनुप श्रेष्ठले ४० रन बनाए । मिक्समान्डुले क्वार्टरफाइनल पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।
चौथो दिनको खेलपछि हालसम्म समूह ‘बी’ बाट किंग्स क्रिकेट र स्टुडियो सेभेन, समूह ‘सी’ बाट टिम बीडीएस तथा समूह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमीले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले