सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त
![सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त](https://npcdn.ratopati.com/media/news/prabin_pandak_pDcfAnIMWb.jpg)
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समिति बैठकले पन्दाकलाई सीईओमा नियुक्त गरेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
पन्दाक यसअघि सीडीएससीकै बोर्ड सदस्य थिइन् । उनीसँग नेप्सेमा लामो समय सेवा गरेको अनुभव छ । उनको जन्मस्थान ताप्लेजुङ हो । उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् ।
पन्दाकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि पटक पटक प्रतिस्पर्धा गरेकी थिइन् । उनी धेरैपटक सर्टलिस्टमा परेर पनि उनी नियुक्त हुन वञ्चित हुँदै आएकी थिइन् ।
सीडीएससी नेपाल स्टक एक्सचेञ्जकै भगीनी संगठन हो । नेप्सेका सीईओ एक्त कम्पनीको अध्यक्ष रहने व्यवस्था छ । उक्त कम्पनीले दोस्रो बजारमा सूचीकृत सम्पूर्ण शेयरको निक्षेप राख्ने र कारोबार वा हस्तान्तरण भएका सेयरको क्लियरिङ गर्ने काम समेत गर्छ ।
सीडीएससी अन्तर्गत हाल १२ निक्षेप सदस्य, २४८ रजिष्टर्ड कम्पनी, ६५ लाख ६ हजार डिम्याट खाता, ३७ लाख ६१ हजार मेरोसेयर प्रयोगकर्ता र १४ अर्ब ४ करोड कित्ता सूचीकृत सेयर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र
-
केबलकारको नाममा किन भयो अशान्ति ?
-
‘कि हामीलाई सिद्ध्याउनु पर्छ, कि केबलकार निर्माण रोक्नुपर्छ’