बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

रङ्गशालाबाटै केन्द्रीय खेलकुदमन्त्रीलाई शाहीको फोन— दसौँ राष्ट्रिय खेलकुदको मिति पुनः सार्ने बहानाबाजी नगर्नू

सोमबार, १५ पुस २०८१, १५ : १६
सोमबार, १५ पुस २०८१

सुर्खेत । सत्तारुढ दल नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरस्थित निर्माणको अन्तिम चरणमा रहेको प्रादेशिक रङ्गशालाबाटै फोन गरेर केन्द्रीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई दसौँ राष्ट्रिय खेलकुदबारे ध्यानाकर्षण गराएका छन् । 

सोमबार रङ्गशालाको अनुगमन पश्चात शाहीले अब कुनै पनि हालतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः सार्ने बहानाबाजी नगर्न चौधरीलाई आग्रह गरेका हुन् । यसअघि मंसिर २ देखि ९ गतेसम्म कर्णालीको वीरेन्द्रनगरमा प्रतियोगिता हुने भनिए पनि केन्द्र सरकार, राखेप र आवश्यक पूर्वाधारको अभाव लगायतका कारण हुन सकेन । पुनः चैत्र २३ देखि ३० गतेसम्म हुने मिति तोकिएको छ । 

मन्त्री चौधरीलाई शाहीले फोनमा भने, ‘अब पनि संरचना लगायतको अभाव देखाएर दसौँ राष्ट्रिय खेलकुदको मितिलाई पुनः सार्ने बहानाबाजी नगरियोस् ।’

प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक रङ्गशाला नेतृत्वको असल नीति र व्यवस्थापकको कुशल व्यवस्थापन एक उदाहरण बनेको पनि शाहीले बताए ।

रङ्गशालाको शिलान्यास शाही मुख्यमन्त्री भएकै बेला ०७८ मंसिर २० गते गरेका थिए । उनले विगत सम्झदै भने, ‘मेरो नेतृत्व अवधिमा रङ्गशालाको समयमा नै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ ३४ पटक औपचारिक र पटकपटक अनौपचारिक स्थलगत अनुगमन र अवलोकन गरेको थिएँ भने दैनिकजसो फोनमार्फत सदस्य सचिवलगायत पदाधिकारी र निर्माण कम्पनी प्रतिनिधिसँग संवाद र प्रगति विवरण लिने कार्य गरेको थिएँ ।’

१ वर्षपछि रङ्गशालको अवलोकन गर्ने क्रममा देशकै नमुना संरचना तयार भएको देख्न पाउँदा खुसी लागेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप