‘विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौँ’
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । उनले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरे । उनले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ (मिश्रित लगानी)को नमुना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए ।
कार्यकारी निर्देशक घिसिङले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विश्व बैंक, एडीबी लगायत अन्य विकास साझेदारहरूबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरूबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताए । उनले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताए । उनले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताए । उनले दुधकोशी ६७० मेगावाट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिए ।
उनले भने,‘देशविदेशमा भएका नेपाली जनताको लगानी माथिल्लो अरुणमा लगानी गर्न अगाडि बढाउँछौँ । आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको छ । दुधकोशी पनि ६७० मेगावाट आयोजनाको तयारी सम्पूर्ण रूपमा पूरा भएको छ ।’
कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादित विद्युत् गुणस्तरीय सप्लाइको लागि आवश्यक ट्रान्समिसन लाइनहरू पनि क्रमिक रूपमा बनाउँदै गएको बताए । उनले प्राधिकरणले बनाउन सुरु गरेको ट्रान्समिसन लाइनहरू प्रायः सम्पन्न हुने तयारीमा रहेको जानकारी दिए । उनले बुटवलदेखि बर्दघाटसम्मको १२० के.भीको ट्रान्समिसन पनि सम्पन्न भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा