क्रिकेटर दीपेन्द्रसिंह ऐरी ‘ओमोडा एन्ड जेइको’ को सद्भावनादूत नियुक्त
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी ‘ओमोडा एन्ड जेइको’ को सद्भावनादूत नियुक्त भएका छन् । काठमाडौँमा सोमबार आयोजित एक विशेष समारोहबिच एसपीजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्रलाई ‘ओमोडा एन्ड जेइको’ को सद्भावनादूत नियुक्त गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिगमा दीपेन्द्र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । दीपेन्द्रको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
सर्वोत्कृष्ट खेलाडी घोषित भएवापत दीपेन्द्रले कार पुरस्कार पाएका थिए । सोमबार आयोजित समारोहमा दीपेन्द्रलाई सोही ओमोडा इ–फाइभ कार पनि हस्तान्तरण गरियो ।
शारडा ग्रुपका निर्देशकलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सोमबार सद्भावनादूत नियुक्ति सम्बन्धी सम्झौतापत्रमा दुवै पक्षबिच हस्ताक्षर पनि सम्पन्न भयो । एसपीजी अटोमोबाइल्स प्रालि नेपालका लागि ‘ओमोडा एन्ड जेइको’ को आधिकारीक वितरक हो ।
कार्यक्रममा दीपेन्द्रले ‘ओमोडा एन्ड जेइको’सँग जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘इनोभेसन र फ्युचरिस्टिक टेक्नोलोजीमा अग्रस्थानमा रहँदै ईभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग जोडिन पाउँदा खुसी लागेको छ ।’
कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपीजी अटोमोबाइल्सका अन्य सदस्य, नेपाल क्रिकेट संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
दीपेन्द्रले पुरस्कार वापत पाएको कारको साँचो हस्तान्तरण गर्दै एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ‘आईसीसीको पुरुष टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा रहेका दीपेन्द्र नेपाल तथा विश्व क्रिकेटका उदाउँदा तारामध्ये एक हुन् । उनलाई ओमोडा एन्ड जेइकोसँग जोड्न पाउँदा हामी गौरवान्वित छौँ ।’
नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा ओमोडा एन्ड जेइको ‘ड्रिभन बाई’ सह–प्रायोजकका रुपमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले