भुटानी शरणार्थी प्रकरणमा चलखेल गरेको आरोपमा केन्द्रीय कारागारका डीएसपी तानिए

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा चलखेल गरेको आरोपमा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारका डीएसपी तानिएका छन् । कारागार सुरक्षामा खटिएका डीएसपी जीवन निरौला रानीपोखरी तानिएका हुन् ।
बेचन झालाई प्रतिवादी बनाएर दर्ता गरिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान भइरहेको छ । शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका अधिकांश प्रतिवादी जगन्नाथ देवलमा थुनामा छन् । डीएसपी निरौलाले थुनामा भएकाहरूलाई बयान गर्दा ‘उच्च तहका अधिकारीको नाम लिनु’ भनेर दबाब दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्– ‘थुनामा रहेकाहरूलाई अनुसन्धानमा नखुलेका व्यक्तिहरूबारे बयानमा नाम लिन डीएसपीले दबाब दिएको भेटिएको छ ।’
शरणार्थीको मुद्दा चलखेल गरेको आरोपमा उनलाई रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । केन्द्रीय कारागारमा डीएसपी सुवास खड्कालाई पठाइएको छ । खड्का उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए ।
बेचन झा लाई प्रतिवादी बनाएर साउन ३० मा भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको थियो । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । उनी विरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको अभियोग छ ।
बेचनको बयानको आधारमा थुनामा भएका प्रतिवादीहरूलाई काठमाडौँ जिल्ला अदालतले थप बयान गराउन थालेको हो ।
यसैबिच, मङ्सिर १४ मा सरुवा भएका केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालको सरुवा थमौती गरिएको छ । उनलाई गृह मन्त्रालयमा सरुवा गरेर अञ्जन न्यौपानेलाई पठाउने निर्णय भए पनि कटुवालको सरुवा रोकिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र