हवाई सुरक्षाबारे छानबिन गर्न दक्षिण कोरियाले दियो आदेश

सोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले हवाई सुरक्षाबारे छानबिन गर्न आदेश दिएका छन् । १७९ जनाको ज्यान जाने गरी हवाई दुर्घटना भएको भोलिपल्ट उनले देशभर सञ्चालनमा आइरहेको सेवा प्रदायक कम्पनीको आकस्मिक सुरक्षा निरीक्षण गर्न आदेश दिएका हुन् ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा जेजु एयरको विमान धावनमार्गभन्दा पर रहेको पक्की पर्खालमा गएर ठोक्किएको थियो ।
चरासँग ठोक्किन सक्ने देखेपछि एयर ट्राफिक कन्ट्रोलले विमान होल्ड गर्न आदेश दिएको थियो । पछि विमानलाई विपरीत दिशाबाट ल्यान्ड गर्न अनुमति दिइएको थियो । तर अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लियो । यो घटनामा दुई जना क्रु मेम्बरबाहेक सबै जनाको मृत्यु भएको थियो । छानबिनको तथ्य तत्कालै मृतकको परिवारलाई बुझाउन अनुसन्धानकर्ताहरूलाई साङ–मोकले आदेश दिएका छन् ।
ल्यान्डिङ गियरमा समस्या आएपछि सोमबार उडेलगत्तै जेजु एयरको अर्को विमान सोल फर्किएकै समयमा साङ–मोकको यो आदेश आएको हो । यसरी फर्किने विमान पनि आइतबार दुर्घटनामा परेकै विमान मोडल अर्थात् बोइङ बी७३७–८०० थियो । जेजु एयरसँग कूल ४१ थान विमान छ ।
यीमध्ये ३९ थान विमान बी७३७–८०० मोडलको छ । आइतबारको घटनापछि बोइङले आफू जेजु एयरको साथमा भएको र सहयोग गर्न हरदम तयार रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल