धर्मपुत्रमाथि यौनशोषण गर्ने समलैंगिक जोडीलाई १ सय वर्षको जेल सजाय

जर्जिया । अमेरिकामा एक समलैंगिक जोडीलाई १ सय वर्षको सजाय सुनाइएको छ । यो घटना जर्जियाको एटलान्टाको हो ।
वाल्टन काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालयका अनुसार विलियम र जाचरी सुलकलाई १ सय वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूमाथि धर्मपुत्र बनाइएका बालकहरूमाथि यौनशोषण गरेको आरोप थियो ।
३४ वर्षीय जाचरी एक बैंक अधिकारी हुन् भने ३६ वर्षीय विलियम एक सरकारी कर्मचारी हुन् । समलैंगिक जोडीले १० र १२ वर्षका दुई दाजुभाइलाई धर्मपुत्र बनाएका थिए । यो जोडीले नियमितरुपमा सामाजिक सञ्जालमा आफ्नो छोराहरूको साथमा तस्बिर राख्दै पोस्ट गर्थे –ह्याप्पी फ्यामिली ।
दुई जनालाई पक्राउ गर्ने तथा घटनाबारे छानबिन गर्ने अधिकारीहरूका अनुसार यो जोडीले नियमित रूपमा ती बालकहरूसँग जबरजस्ती यौनसम्बन्ध बनाउँथे । यो घटनाको खुलासा उनीहरुको नजिकको साथीले गरेका थिए ।
दुई जना मिलेर धर्मपुत्रहरूसँग यौनसम्बन्ध बनाएको भिडियो रेकर्ड गर्थे र उक्त भिडियोलाई पोर्न साइटमा पनि हाल्थे । उनीहरूले उक्त भिडियो स्न्यापच्याटमा साथीहरूलाई साझा गरेपछि एक निकटका साथीले प्रहरीलाई जानकारी दिएका थिए ।
अदालतमा बालकहरूले घटनाको विवरण खुलाएपछि उनीहरूलाई दोषी करार गरियो । अनुसन्धानका क्रममा उनीहरूले ती बालकहरूसँग सम्बन्ध बनाउनका लागि सामाजिक सञ्जालबाट अरूलाई पनि निमन्त्रणा गरेको खुलासा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?