सहपाठीको हत्या गर्ने किशोरलाई चीनमा आजीवन कारावास

बेइजिङ । चीनको एउटा अदालतले एक किशोरलाई आजीवन कारावासको सजाय सुनाएको छ । गत मार्चमा सहपाठीको हत्या गरेको मामिलामा सोमबार अदालतले १३ वर्षका झाङ र ली थर भएका किशोरलाई सजाय सुनाएको हो । किशोरहरू हपेई प्रान्तका थिए । यी दुवैमाथिको सहपाठी वाङलाई मार्ने अनि उनीसँग भएको पैसा आपसमा बाँड्ने षडयन्त्र रहेको अभियोग सिद्ध भएको थियो ।
अभियुक्तहरूले वाङलाई साबेलले हानेर मारी उनलाई लावारिस रूपमा ग्रिन हाउसमा पुरेको सोमबार अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यी दुवैले अपनाएको तरिका क्रूर र घिनलाग्दो भएको अदालतको ठहर छ । अदालतले झाङलाई आजीवन कारावास र लिलाई १२ वर्षको जेल सजाय सुनाएको छ । पहिलोपटक यो घटना सार्वजनिक भएपछि सर्वसाधारणमा आक्रोश देखिएको थियो ।
वाङलाई लामो समयदेखि तीन जना सहपाठीले सताउने गरेको उनको परिवार र वकिलले मार्चमा भनेका थिए । घटनामा मुछिएका मा थर भएका तेस्रो किशोरलाई भने अदालतले कुनै पनि सजाय सुनाएको छैन । मार्च ३ मा झाङले वाङलाई स्कुटरमा राखेर ग्रिन हाउसमा ल्याएका थिए । ली र मा भने अर्को स्कुटरमा आएका थिए । बाटोमा आउँदै गर्दा लिले मालाई वाङलाई मार्न झाङ्गले बनाएको योजनाबारे बताएका थिए । चारै जना ग्रिनहाउसमा आइपुग्दा झाङले साबेल लिएर वाङलाई पिट्न थाले ।
यो काममा लिले पनि सघाए । मा भने केहीबेरमै फर्किए । त्यसपछि झाङ्ग र ली मिलेर पीडितलाई ग्रिनहाउसभित्रै माटोमा पुरिदिए । वाङको मोबाइल फोनमा भएको पैसा झाङ्गले आफ्नो विच्याट एकाउन्टमा सारे । सिम चाँहि आफैँसँग राखेर फोन फुटाएर फालिदिन मालाई दिए । यस घटनामा सोधपुछको क्रममा प्रहरी तीनै जना किशोरसम्म पुगेको थियो । माले नै प्रहरीलाई अपराध भएको ठाउँसम्म लगेको बताइएको छ । यस घटनामा झाङ्ग मुख्य दोषी भएकोले उनलाई आजीवन कारावासको सजाय सुनाइएको अदालतले भनेको छ । मालाई भने सुधार गृह पठाइने फैसला अधिकारीहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
-
तीनकुने घटनाको निसानामा परेका मिडियाको पक्षमा निर्णय लिन सरकारलाई सातदिने अल्टिमेटम
-
घट्यो सिमेन्टको मूल्य