बक्स अफिसमा असफल बन्यो वरुणको बेबी जोन
![बक्स अफिसमा असफल बन्यो वरुणको बेबी जोन](https://npcdn.ratopati.com/media/news/baby_john_1735138767809_1735138768163_y73Mdbcbl3.webp)
मुम्बई । वरुण धवनको एक्सन अवतारले दर्शकको मन जित्न असफल भएको छ । उनको पछिल्लो चलचित्र ‘बेबी जोन’ ठुलो अपेक्षाका साथ ठुलो पर्दामा रिलिज गरिएको थियो ।
क्रिसमसमा रिलिज भएको चलचित्र, त्यसमाथि पनि लामो छुट्टीको अवसर । तर, यी कुनै पनि कुराले बक्स अफिसलाई प्रभावित गर्न सकेन । साकनिल्क डटकमको रिपोर्ट अनुसार चलचित्रले पहिलो आइतबार मात्र ४.६१ करोड भारु मात्र कमाउन सक्यो ।
पछिल्लो तथ्यांकअनुसार चलचित्रले पहिलो पाँच दिनमा २८.५१ करोड भारु मात्र कमाउन सकेको छ । जबकि चलचित्रले पहिलो दिन नै ११.२५ करोड भारु कमाउन सफल भएको थियो । त्यसयता भने चलचित्रले खासै ठुलो प्रगति गर्न सकेको छैन ।
अझै पनि अल्लु अर्जुनको पुष्पा २ ले नै बक्स अफिसमा राज गरिरहेको छ । तेस्रो हप्ता हलमा चलिरहेको चलचित्रले आइतबार १४.५३ करोड भारु कमाएको छ ।
धेरै हलहरूबाट बेबी जोन उतारिएको खबरहरू प्राप्त भएका छन् । त्यसको साटो मार्कोको हिन्दी संस्करणलाई लगाइएको छ ।
हिन्दुस्तान टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल
-
आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु
-
धनुषाधामप्रति श्रद्धालुका अनेक विश्वास
-
निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न पत्राचार