राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधै सहयोगी हुने बताए ।
उनले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र प्राविधिको आवश्यकताबारे चर्चा गरेका थिए । त्यसअवसरमा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको नेपाली नगरिकता सम्बन्धमा प्रष्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेको कांग्रेस कार्यालयले जनाएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग शाह, कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले प्रवासी नेपालीहरुको नगरिकताका साथै अन्य समस्या उठान गर्दै समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध