एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
बर्दिया । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो । संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तर गरेका हुन् ।
उक्त अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार श्रीमतीका नाममा करोडौँ लुकाएको मुद्दा, सर्वोच्चले झिकायो फाइल
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
-
डिप्रेसनमा पुर्याउने लोकसेवा !
-
इजरायलको आक्रमणमा मर्ने ११ जनामा हमासका प्रहरी प्रमुख पनि
-
निमोनियाका कारणले सचिन परियारको निधन : अस्पताल
-
महानगरको राजश्व घटेपछि प्रदेश सरकारमाथि खनिए बालेन, भने- यो नीतिगत भ्रष्टाचार हो