मनहरीमा बाघले मार्यो ७ वटा बाख्रा

हेटौँडा । मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मारेको छ । आइतबार साँझमा मानिसलाई आक्रमण गरी मारेको बाघले सोमबार बिहान पुनः ७ वटा बाख्रा मारेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।
यसअघि बाघले मनहरी–५ वसन्तपुर वडा कार्यालय नजिकै ७२ वर्षीय कान्छीमाया रुम्बालाई बारीमा घाँस काट्दै गरेको अवस्थामा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट रुम्बाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।
२५ किलोमिटर पश्चिमतर्फ रहेको घटनास्थलमा बाघलाई नियन्त्रणमा लिनका २ वटा हात्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार बाघलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट २ वटा हात्ती र सेनाको टोली तथा चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही
-
गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र