जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच वटा केन्द्रीय विभागले पूर्णता पाएका छन् ।
महाधिवेशनपश्चात गठित विभागहरुको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउँन केन्द्रीय कार्यालय समितिको समन्वयमा सम्बन्धित विभागहरुको बैठकबाट विभागहरुलाई पूर्णता दिइएको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
पछिल्लो समय आइतबार स्वास्थ्य तथा जनसंख्या विभागको बैठकबाट प्रमुख डा. सुरेन्द्र यादव र अब्दुल कलाम अन्सारीलाई विभागको सचिव चयन गरिएको छ ।
पूर्ण बस्नेत प्रमुख रहेको प्रचार प्रसार तथा प्रकाशन विभागको उपप्रमुखमा शम्भु झा र सचिवमा देबबहादुर दुरा चयन भएका छन् ।
यसैगररि सहकारी तथा गरिवी निवारण विभागको बैठकबाट प्रमुखमा उदयकान्त मिश्र र विभागको विज्ञ सदस्यमा रघुवीर मिजार मनोनित भएका छन् ।
युवा, विद्यार्थी तथा खेलकुद विभागको उपप्रमुखमा कृष्णशंकर साह र सचिवमा रमेश यादव चयन भएका छन् । जुन विभागको प्रमुख विक्की यादव रहेका छन् ।
यसैगरी वन तथा वातावरण विभागको सचिवमा हंशा साह तथा विभागको विज्ञ सदस्यमा चन्देश्वर सदा र माधवप्रसाद देवलाई मनोनित गरिएको छ ।
यसैबीच सोमबार अर्जुन थापा प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बताइएको छ ।
बाँकी विभागलाई पूर्णता दिनको लागि पुस २४ गतेसम्म पालैपालो बस्ने गरी बैठक आह्वान गरिएको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा