सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ । पदावधिका कारण अवकाश हुन लागेका सशस्त्रका चार जना डीआईजीलाई थमौती गर्न प्रस्ताव गरिएको छ । डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको म्याद थप्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने– ‘सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छौँ ।’
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । मन्त्रिपरिषद्बाट म्याद थप्ने निर्णय नभए उनीहरू पुस २३ मा अवकाशमा जान्छन् ।
म्याद थपको प्रस्ताव भएका कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुन् । गणेश ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्बाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुखको रूपमा कार्यरत छन् ।
उनीहरू कार्यक्षेत्र छाडेर राजनीतिक लबिङ र बिचौलियामार्फत म्याद थप गराउने चलखेलमा लागेको भन्दै सशस्त्र भित्रका उच्च अधिकृतहरू असन्तुष्ट छन् । नयाँ विधेयक संसदमा तत्काल दर्ता भएमा आईजीपी र एआईजी हुने अभिलाषाले उनीहरूले ‘अस्वस्थ चलखेल’ गरेको आरोप छ ।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चारवर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । त्यही व्यवस्थालाई टेकेर भावी नेतृत्व नै हत्याउने गरी उनीहरू दौडमा निस्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’