दक्षिण कोरियाको विमान दुर्घटनामा ज्यान गुमाएका १४१ जनाको सनाखत
सोमबार, १५ पुस २०८१, १० : २९

सोल । दक्षिण कोरियामा विमान दुघर्टनामा परेर मृत्यु भएका १७९ जनामध्ये १४१ जनाको सनाखत भएको छ ।
त्यहाँको भूमि मन्त्रालयले सोमबार यस्तो बताएको हो । अहिले १७९ जनाकै शवलाई अस्थायी शव घरमा राखिएको छ । अनुसन्धान एजेन्सीले अटोप्सी गरेपछि शवलाई परिवारलाई जिम्मा लगाइने मन्त्रालयले बताएको छ ।
पीडितका सामानहरू पनि दुघर्टनाग्रस्त विमानबाट जम्मा पार्ने काम भइरहेको पनि बताइएको छ । आइतबार भएको दुघर्टनाको कारणबारे छानबिन भइरहेकोले दुघर्टना भएको ठाउँलाई सुरक्षित रूपमा राखिने भएको छ ।
विमानमा रहेका १८१ जना मध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । यी दुवै जना चालक दलको सदस्य हुन् । यी दुवैको अस्पतालमा उपचार भइरहेको छ र दुवै खतरा बाहिर भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा