सोचेअनुसार सडक मर्मत गर्न सकिएको छैन : महानिर्देशक पोखरेल
काठमाडौँ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सोचेअनुसार सडक मर्मत गर्न नसकोको स्वीकार गरेका छन् ।
सोमबार सडक बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लक्ष्यअनुसार सडक मर्मत हुन नसकेको स्वीकार गरेका हुन् ।
'समयमा ठेक्का नलाग्दा सडक मर्मतमा अपेक्षित सुधार गर्न सकेको छैन,' उनले भने, 'एकातिर सडक मर्मत सम्भारका लागि बजेट पर्याप्त छैन ।अर्कातिर विनियोजित बजेट शतप्रतिशत खर्च हुन सकेको छैन ।'
देशभरका सडक मर्मत गर्ने जिम्मा सडक विभाकको मात्र नभएको उल्लेख गर्दै उनले सडक जहाँ खाल्डो परेपनि सडक विभागले गाली खानु परेको उनको गुनासो छ ।
यसैगरी सडक बोर्डका अध्यक्ष गणेश बहादुर केसीले स्थानीय सरकारले आर्थिक वर्ष २०८०/८१ मा करिब १८ हजार किलोमिटर सडक मर्मत गर्ने लक्ष्य लिएकोमा ३० प्रतिशत मात्रै मर्मत भएको बताए । उनले सडक विभागले भने लक्ष्यको ८१ प्रतिशत सडक मर्मत गरेको जिकिर गरे ।
सडक मर्मत समयमा नहुँदा उपभोक्ता मारमा पर्नुका साथै सरकारको अर्थतन्त्रमा समेत प्रभाव परेको बताए ।
'हामीले बाटो राम्रो बनायौँ भने अर्थतन्त्रको विकास हुन्छ । तर समयमा सडक मर्मत नगर्दा ३/४ गुणा महँगो खर्च बेहोर्नुपर्ने हुन्छ ,' उनले भने ।
साथै बोर्डले सडक प्रयोगकर्ता बाटै राजस्व संकलन गरेर सडक मर्मतका लागि बोर्डले नीतिगत व्यवस्था गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता