सिरियामा कहिले बन्छ संविधान ? कहिले हुन्छ चुनाव ?
सोमबार, १५ पुस २०८१, ०७ : ३६

दमास्कस । सिरियामा बसर अल-अशदलाई सत्ताबाट हटाएपछि देशको भविष्यको बारेमा अनुमानहरू बीच, हयात तहरीर अल-शाम (एचटीएस) प्रमुख अहमद अल-शराले नयाँ संविधान बनाउने र चुनाव गराउने कुरा गरेका छन्।
अल-शरालाई अबु मोहम्मद अल-जुलानी पनि भनिन्छ। ‘सिरियाली जनतालाई कुनै ठूलो परिवर्तन देख्न एक वर्ष लाग्न सक्छ,’ उनले अल-अरेबिया टिभीलाई भने, ‘देशमा नयाँ संविधान बनाउन तीन वर्ष र निर्वाचन गर्न चार वर्ष लाग्न सक्छ ।’
अहमद अल-शाराले हालै बीबीसीलाई आफ्नो देश ‘युद्धबाट थाकेको’ बताए। सिरिया अब कुनै पनि छिमेकी वा पश्चिमी देशहरूको लागि खतरा नभएको उनले स्पष्ट पराे ।
अल-शरा यसअघि इस्लामिक चरमपन्थी संगठन अल-कायदा र इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित थिए । अमेरिकाले उनीमाथि १० मिलियन अमेरिकी डलरको इनाम समेत राखेको थियो, यद्यपि यो निर्णय हालै फिर्ता लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल
-
भुवन गिरीले सफाइ पाएपछि विरोध प्रदर्शनमा उत्रिइन् आरती, प्रहरीले नियन्त्रणमा लिएर छाड्यो
-
११ सदस्यीय जुडो टोली मङ्गलबार राति थाइल्यान्ड जाने
-
विद्यालयको चाबी लिएर काठमाडाैँ आउन कर्मचारीलाई निर्देशन