तमु ल्होसारले राष्ट्रिय एकता मजबुत बनाउँछ : अध्यक्ष यादव
सोमबार, १५ पुस २०८१, ०५ : ५५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उनले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरूबिच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने उल्लेख गरेका हुन् ।
अध्यक्ष यादवले नेपालमा तमु जातिले नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व राख्ने बताए । साथै उनले तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने तमु समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक