मौसम पूर्वानुमान
कस्तो रहनेछ आजको मौसम ?
सोमबार, १५ पुस २०८१, ०५ : ४६

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको छ।
मंगलबार भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)