सामान्य बदाम किसानदेखि अमेरिकी राष्ट्रपति हुँदै नोबेल शान्ति पुरस्कारसम्म
काठमाडौं । अमेरिकी नागरिकसँग कहिल्यै झुठो नबोल्ने बाचाकै कारण एक सामान्य बदाम किसानलाई विश्व शक्तिराष्ट्र अमेरिकाको कार्यकारी राष्ट्रपति बनायो । त्यति मात्रै नभई सोही प्रतापका कारण कार्टरले सबैभन्दा लामो आयु बाच्ने अमेरिकी राष्ट्रपतिको परिचय पनि बनाए । यद्यपि, प्यालिएटिभ केयरमा एक वर्ष भन्दा बढी समय कष्ट झेलेपछि उनको १०० वर्ष कटेपछि निधन भएको छ । कार्टरकी श्रीमती रोजालिनको मृत्यु भएको जम्मा ८ महिना भएको छ ।
क्याम्प डेभिड सम्झौता गराउने तथा जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिई विश्व दौडाहा गर्ने कार्टर अक्टोबर १, १९२४ मा प्लेन्स, जर्जियामा जन्भिएका थिए ।
उनको पूरा नाम, जेम्स अर्ल कार्टर जूनियर हो । उनी एउटा बदाम खेती गर्ने परिवारमा हुर्केका थिए । संयुक्त राज्य नौसेना एकेडेमीबाट स्नातक गरेपछि, उनले १९४६ देखि १९५३ सम्म नौसेनामा सेवा गरे । आफ्ना बुबाको मृत्युपछि उनी पारिवारिक व्यवसाय सम्हाल्न जर्जिया फर्किए ।
सन् १९६२ मा जर्जियामा राज्य सिनेटरको रूपमा उनले राजनीतिमा पाइला हाले । जहाँ उनी नागरिक अधिकार र जातीय एकीकरणको लागि आफ्नो प्रतिवद्धताको लागि पिलर झैं उभिए । सन्, १९७० मा, उनी जर्जियाको गभर्नर निर्वाचित भए । अल्पसंख्यक तथा महिलाहरूको अधिकारको पक्षमा प्रगतिशील नीतिहरू प्रवद्र्धन गर्दै उनले थप लोकप्रियता बटुले ।
सन्, १९७६ मा कार्टर डेमोक्रेटिक पार्टीको उम्मेद्वारको रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा होमिए, र विजय हासिल गरे । आफूलाई वाशिंगटन राजनीतिक प्रतिष्ठान बाहिर एक राजनीतिज्ञको रूपमा प्रस्तुत गर्दै उनले ठूलो सफलता हात पारे ।
एक समय, जब देश वाटरगेट घोटालापछि विश्वास पुनः प्राप्त गर्न खोजिरहेको थियो, त्यसबेला उनले सम्पूर्ण ध्यान मानव अधिकार र अन्तर्राष्ट्रिय कुटनीतिमा ध्यान केन्द्रित गरे । र, उनको सबैभन्दा उल्लेखनीय उपलब्धिहरू मध्ये सन् १९७८ को क्याम्प डेभिड सम्झौता समेत हो । जसले इजिप्ट र इजरायलबीचको शान्तिलाई सहज बनायो भने सन् १९७७ को टोरिजज सन्धिले पनामा नहरको नियन्त्रण पनामालाई नै हस्तान्तरण गरिदियो ।
राष्ट्रपति रहँदा उनले इरानको बन्धक संकट र उच्च मुद्रास्फीति र बेरोजगारीसहित घरेलु आर्थिक समस्याहरू जस्ता चुनौतीको सामना गर्नु परेको थियो । यी कारकहरूले रोनाल्ड रेगनविरुद्ध सन् १९८० को चुनावमा हार्नु परेको थियो ।
ह्वाइट हाउस छाडेपछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवद्र्धन गतिविधिहरूमा समर्पित गरे । सन् १९८२ मा, आफ्नी पत्नीसँग उनले कार्टर सेन्टर स्थापना गरे । कार्टर सेन्टर, मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । जुन कार्यले उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलायो ।
करियरका दौरान कार्टरले आफ्नो निष्ठा र नम्रतालाई पूर्णरुपमा सार्वजनिक सेवामा समर्पण गरे । कार्टर सेन्टरले नेपालमा शान्ति स्थापनादेखि विभिन्न चरणमा भएका निर्वाचनको निरन्तर पर्यवेक्षण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको भाउ, कसको मूल्य कति ?
-
मुटु कमाउने जाडो झेलिरहेका शीतलहरपीडितलाई सेनाको सहयोग
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित