पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टरको १०० वर्षको उमेरमा निधन भएको उनको फाउण्डेशनले जनाएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियास्थित घरैमा निधन भएको फाउण्डेशनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कार्टरका छोराले उनलाई ‘हिरो’को संज्ञा दिएका छन् । कार्टर शान्ति, मानवअधिकार र निःस्वार्थ प्रेमको पक्षधर रहेको भन्दै परिवारले गरेको चर्चाबारेका तथ्यपनि समाचारमा आइरहेका छन् ।
कार्टरको निधनप्रति अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ‘सिंगो अमेरिका कार्टरप्रति ऋणि रहेको’ भनी प्रतिक्रिया दिएका छन् । यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, ‘कार्टर अरुको सेवाका लागि जीउँथे ।’
कार्टर सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउस सम्हालेका थिए । उनी अमेरिकाको ३९औं राष्ट्रपति थिए । योसँगै उनी अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति कहलिएका छन् । उनी एक सामान्य बदाम (मुमफली) किसानबाट मुलुकको राष्ट्रपतिसम्म बनेको भनी चर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन