जब मेयर’साबले ०७४ देखि बैंक खातामै लगातार घुस खाइरहे...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गर्दा नयाँ तथ्य उजागर भएको छ ।
यसअघि हुने गरेका लेनदेन तथा घुस रिसवतका घटनामा प्राय नगद वा जिन्सीको कारोबार हुने गरेकामा यस प्रकरणमा बैकिङ प्रणाली र वैवाहिक भोजमार्फत घुस खाएको तथ्य फेला परेको हो ।
अख्तियारले जारी गरेको प्रेस नोटमै मेयर बस्नेत र उनकी धर्मपत्नीले बैंकिङका माध्यमबाटै घुस खाएको उल्लेख छ । मेयर बस्नेतलाई घुस खुवाउने पद्मा कोलोनीका मालिक राजुप्रसाद कंडेलले जगतगुरु कृपालु महाराजको नाममा प्रतिष्ठान खोलेर ठूलो आर्थिक हिनामिना गरेका छन् ।
अख्तियारले दिएको जानकारी अनुसार कंडेल अध्यक्ष रहेको प्रतिष्ठानले मेयर बस्नेतलाई एनएमबी बैंकमार्फत भएका २३ वटा कारोबारबाट ५ करोड ३६ लाख ६८ लाख रुपैयाँ घुस खुवाएको छ । यस्तै, मेयर कंडेलकी श्रीमती उर्मिला बस्नेतले एनएमबी बैंकबाट गरिएका २ वटा कारोबारबाट ९२ लाख रुपैयाँ घुस लिएकी छन् ।
मेयर बस्नेतले व्यवसायी कंडेलसँग २०७४ साल साउनदेखि घुस खान सुरु गरेको देखिन्छ । बस्नेत २०७४ को वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा पहिलो पटक नागार्जुन नगरपालिकाको मेयर निर्वाचित भएका थिए । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी २०७९ को स्थानीय तह निर्वाचनमा समेत पुनः मेयर निर्वाचित भए । अघिल्लो कार्यकालमा संकलन गरेको घुस रकमबाटै दोस्रो पटक फेरि मेयर जितेको आरोप पनि उनीमाथि लागिरहेकै थियो ।
अख्तियारका अनुसार मेयर बस्नेतले कंडेलसँग पहिलो पटक २०७४ साउन ९ गते तत्कालिन सनराज बैंकबाट १० लाख रुपैयाँ घुस लिएका देखिन्छ । त्यसपछि उनले एनएमबी बैंकमा रहेको व्यक्तिगत खातामार्फत घुस खान्छन् । बैंकमार्फत घुस बुझ्ने श्रृंखला २०७८ साल फागुन २ गते आएर टुंगिन्छ ।
व्यक्तिगत रुपमा बस्नेत बेइमानी भएपनि उनको निलम्बनले पार्टीलाई ठूलो घाटा लागेको र उनीमाथि आश्रितहरुको विजोग हुने भन्दै निकटस्थहरु थकथक मानिरहेका छन् भने अर्कोतर्फ मेयर बस्नेतले लगातार यति ठूलो रकम घुस खाइरहँदा किन कतै कुरो फुत्किएन ? र, बैंकले कसरी लुकाउन सक्यो ? भन्ने विषय सोचनीय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जना मुख्य आरोपीदेखि अदालतका कर्मचारी सरुवामा राजनीतिक आतंकसम्म
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
ललितपुरमा ५ तारे होटल रोयल टुलिपको सुरुवात
-
युक्रेन हुँदै युरोपमा रूसी ग्यास पारवहन बन्द
-
दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने
-
१० बजे १० समाचार : रावलको बाटो जागरण अभियान, वामदेव र माधवको पुनर्मिलन