प्रिमियर लिग : वेष्ट ह्यामको पोष्टमा लिभरपुलको ५ गोल, दुई भिडन्त बराबरी

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको हो ।
वेष्ट ह्यामको घरेलु मैदानमा लिभरपुललाई जिताउन लुइस डियाज, कोडी गाकपो, मोहम्मद सालाह, ट्रेन्ट अलेक्जेण्डर अर्नोल्ड र डिओगो जोटाले गोल गरे । यो जितसँगै शीर्ष स्थानको लिभरपुलको ४५ अंक भएको छ । एक खेल बढी खेलेको नटिङघम ३७ अंक जोडेर दोस्रो स्थानमा उक्लिदा ३६ अंककासाथ तेस्रो स्थानमा छ ।
आइतबार राती भएका अन्य खेलमा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले हराउँदा नटिङघमले एभर्टनलाई २-० ले पाखा लगायो । यस्तै, फुलहम र बर्नमथ तथा टोटनह्याम हट्स्पर र वुल्भ्सले २-२ को बराबरी खेल्दै अंक बाँडे । आइतबार रातीको सेड्युल अन्तर्गत पहिलो खेलमा म्यान्चेस्टर सिटीले लेस्टरसिटीलाई हराउँदै जितको खेडरी तोड्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार