सहकारीमा बचत गर्न अब ‘स्रोत’ को अंकुश, कति संस्थामा पर्छ असर ?

काठमाडौँ । सहकारी संस्थामा बचत गर्न अंकुश लगाइएको छ । सरकारले जारी गरेको सहकारीसम्बन्धी कानुनको संशोधन गर्न बनेको अध्यादेशमा सहकारी संस्थामा १० लाख वा सोभन्दा धेरैको बचत गर्दा त्यस्तो रकमको स्रोत अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरेको हो ।
अध्यादेशले सहकारी ऐन ५२ (क) थप गर्दै यस्तो व्यवस्था गरेको हो । यस्तो रकम खुलाउन नसकेमा सहकारी संस्थाले यस्तो रकम स्वीकार नगर्ने उल्लेख गरिएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थामा एवं अन्य गैरबैंकिङ वित्तीय संस्थाहरूमा एकै पटक १० लाख वा सोभन्दा धेरै रकम जम्मा गरे स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।
ऐनको यो व्यवस्थाले एकभन्दा धेरै जिल्ला कार्यक्षेत्र भएका सहकारी संस्था मात्रै प्रभावित हुनेछन् । एक जिल्ला भित्र कार्यक्षेत्र भएका संस्थाले १० लाखभन्दा धेरै बचत लिन नपाउने भएकोले यसको प्रभाव पर्ने छैन ।
अहिले सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थाहरू तत्कालीन जिल्ला स्तरको डिभिजन सहकारी कार्यालयमा दर्ता भएका हुन् । त्यसैले अधिकांश संस्थाको एकै जिल्लाभित्र मात्रै कार्यक्षेत्र छ ।
स्थानीय तहको विभाजनपछि एउटै स्थानीय तहमा पर्नेहरू स्थानीय तह अन्तर्गतकै नियमनमा छन् । त्यसैले स्थानीय तह अन्तर्गतका सहकारीमा ऐनको व्यवस्था लागू हुने छैन । यस्ता सहकारीको सङ्ख्या २३ हजार हाराहारीमा छ ।
त्यस्तै स्थानीय तह निर्धारणमा दुई वा बढी स्थानीय तहमा परेकाहरू प्रदेशको कार्यक्षेत्र अन्तर्गत परेका थिए । यस्ता सहकारीको सङ्ख्या करिब ६ हजार छ । यीमध्ये पनि एउटै जिल्ला कार्यक्षेत्र भएकाहरू यो दायरामा हुने छैनन् ।
योबिचमा फरक फरक जिल्लाका सहकारीसँग मर्ज भएका संस्था र सङ्घ अन्तर्गतका सहकारी यो दायरामा आउँछन् । हाल सङ्घ अन्तर्गत १४७ वटा सहकारी छन्, जसमा यो व्यवस्था लागू हुने देखिन्छ ।
प्रदेश अन्तर्गत रहेका सहकारीमध्ये पनि केहीमा यो व्यवस्था लागू हुने सम्भावना देखिए पनि यसको सङ्ख्या कम छ । यसको यकिन तथ्याङ्क भने उपलब्ध छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रका तर्फबाट गोकर्ण र कृष्णगोपालले लगेका थिए माधवसमक्ष प्रधानमन्त्रीको प्रस्ताव
-
कोशीमा ई–ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु
-
पूर्व मिस नेपाल अस्मीले कसिन् लगनगाँठो
-
रुबिना–अभिनवलाई लरेन्स ग्याङको नामबाट ज्यान मार्ने धम्की
-
‘जार’ नेपाली समाजले भोगेको कथा हो : निर्देशक लामा
-
पोप फ्रान्सिसको निधनपछि इटालियन सिरिएका खेलहरु स्थगित