सिटीको जितविहीन यात्रामा पूर्णविराम

लण्डन । पेप ग्वार्डिओले म्यानचेस्टर सिटीको नेतृत्व सम्हालेको ५ सयौँ खेलमा टोलीले लेस्टर सिटीमाथि सङ्घर्षपूर्ण जित हात पारेको छ । आइतबार राति भएको खेलमा सिटी २–० गोलले विजयी बनेको हो ।
खेलको २१ औँ मिनेटमा साभिन्होले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४ औँ मिनेटमा उनले अर्लिङ हालान्डका लागि गोलको अवसर सिर्जना गरे । साबिक विजेताले पछिल्ला १० प्रिमियर लिग खेलमा हासिल गरेको यो मात्र दोस्रो जित हो ।
उता, घरेलु टोली लेस्टर सिटीका लागि जेमी भार्डीले दुईवटा गोलको अवसर पाएका थिए भने फाकुन्डो बुओनानोटेको प्रहार पोस्टमा लागेको थियो । जितका बावजुद सिटी हाल लिगको पाँचौँ स्थानमा सीमित रहेको छ । टोली शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा ११ अङ्कले पछि रहेको छ ।
दुई खेल कम खेलेको लिभरपुलले आजै वेस्ट ह्यामको सामना गर्दैछ । १९ खेलबाट सिटीले ९ खेलमा जित, ४ खेलमा बराबरी र ६ खेलमा हारसहित ३१ अङ्क बटुलेको छ । १७ खेलबाट लिभरपुलको ४२ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबजारमा ११ वर्षीया बालिका हत्या प्रकरण : दाइ पक्राउ
-
फागुन महिना मात्रै सरकारले गर्यो ३ अर्ब २८ करोड रुपैयाँ रकमान्तर
-
युरिक एसिड कम गर्न बिहान खाली पेटमा पिउनुहोस् यी ३ चिज
-
बोइङको डेलिभरी लिन किन मानेन चीन ?
-
ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण