अलिमियाँको आँगनमा साहित्य मेला गर्दै पोखरा १३
पोखरा । नेपाली साहित्यको सम्मानित र चर्चित नाम हो अलिमियाँ । पोखराका अलिमियाँको आँगनमा पहिलोपटक साहित्य मेला हुने भएको छ । पोखरा १३ नम्बर वडा कार्यालयले अलिमियाँकै आँगनमा साहित्य मेला गर्न लागेको हो ।
साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्नका लागि मेला आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पोखरा १३ साहित्य र संस्कृतिका हिसाबले धनी वडा हो । त्यही अनुसारको सम्मान हामीले दिन सकिरहेका छैनौँ,’ उनले भने, ‘हाम्रा अग्रजको सम्मान र नयाँ पुस्तालाई साहित्य र संस्कृति पुस्तान्तरण गर्न मेला आयोजना गरेका हौँ ।’
पुस २० गते दिनैभर मेला हुनेछ । समाजको विकासमा साहित्यबाट योगदान गरेका व्यक्तित्वहरूलाई एउटै मञ्चमा राखेर बहस गरिने कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले बताए । ‘साहित्य समाजको आत्मा हो । तसर्थ समाजको विकासमा साहित्यको योगदानलाई कदापि बिर्सन सकिँदैन,’ उनले भने, ‘त्यसैले शब्दको विविध आयामलाई जीवित बनाउन शब्दको भलाकुसारी गर्न लागिएको छ ।’
साहित्य मेलामा डाक्टर अभि सुवेदीले ‘कि नोट स्पिच’ दिनेछन् । मेला सिर्जनात्मक प्रतिभा प्रस्फुटित गराउन सहयोगी हुने वडाले जनाएको छ । मेला अन्तर्गत समाज रूपान्तरणमा साहित्यको भूमिकाबारे साहित्यकार सरुभक्तले आफ्ना तर्क दिनेछन् ।
वडा नम्बर १३ को इतिहास, वर्तमान र भविष्यका बारेमा समाज जानकार विश्व सिग्देल बोल्नेछन् । लोककवि अलिमियाँका लोकगीत र उनका योगदानबारे कवि तथा गीतकार तीर्थ श्रेष्ठले चर्चा गर्नेछन् । बाबा राणाको साङ्गीतिक जीवनको यात्राबारे ज्ञानुबाबा राणासँग राजेन्द्र भण्डारीले संवाद जोड्नेछन् भने पोखराका ५ कविहरूले नारी स्वरहरू उजागर गर्ने कविता पस्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै खरिद गर्न सकिने
-
सर्वोच्चको संवैधानिक इजलासले दियो फुलकोर्टलाई लिखित जवाफ पेस गर्न आदेश
-
‘मायाबी’को ‘त्यो माया हो’ गीत : प्रेमको आभाष गराउँदै पल र दीपिका
-
अदालतमा रविलक्षित बहस : ‘आफ्नो लगानी भए पो टिभीको माया हुन्छ’
-
लुम्बिनी प्रदेश सभा बैठक : कसले के भने ?
-
हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु