छैटौँ राष्ट्रपति रङिन शिल्ड प्रतियोगिताको तयारी पूरा

बुटवल । बुटवलमा अन्तर विद्यालय स्तरीय छैटौँ राष्ट्रपति रङिन शिल्ड प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । बुटवल उपमहानगरपालिकाले विद्यालय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका यही पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन सो प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले यो वर्ष एन्फा एकेडेमी खेल मैदान मर्मतको क्रममा रहेको हुँदा सिद्धेश्वर खेल मैदानमा प्रतियोगिता गरिने जानकारी दिए । विगतमा भएका कमिकमजोरीहरुलाई हटाएर सफलतापूर्वक सम्पन्न गर्ने उनले बताए ।
विगतका वर्षहरूमा प्रमाणपत्र मात्र दिने गरिएकोमा पछिल्लो ३ वर्ष देखिमात्र नगद पुरस्कार वितरण गरिँदै आएको उनले बताए । खेलकुदमा बजेट विनियोजन गरिनु सकारात्मक भए पनि खेलाडीका लागि पुरस्कार निक्कै कम हुने गरेकोमा त्यसलाई वृद्धि गर्न जरुरी रहेको उनले बताए ।
यस वर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाई जम्प कालिका मानव ज्ञान मावि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा गरिने उनले बताए । सिद्धेश्वर लाल कुमारी मावि खेल मैदानमा आयोजना हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी गरी ५३ विद्यालयहरू सहभागी हुने उनले बताए । जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराँते छात्र छात्रा एथलेटिक्स लगायत ३ दिनसम्म प्रतियोगिताहरू सञ्चालन हुने उनले बताए ।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले पूर्वाधार विकास र खेल विकासमा पालिका लागेको बताए । फुटबलको आठ, क्रिकेटको ३ मैदान तयार गर्ने लक्ष्यसहित काम अघि बढेको उनले बताए । यसै गरी लनटेनिस, बास्केटबल कोर्टहरूमा समेत लगानी भएको उनले बताए ।
साढे ३ करोड रुपैयाँ बजेट खेलकुदमा विनियोजन गरिएको उनले जानकारी दिए । उनले बुटवल–१६ को डहरगाउँमा क्रिकेट मैदान निर्माण गर्न ७५ लाख रुपैयाँ तथा तिलोत्तमा गोल्डकपलाई ३५ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुसोलिनीबाट जोगिन पोप फ्रान्सिसका हजुरबा र हजुरआमा गएका थिए इटाली छोडेर अर्जेन्टिना
-
फौजदारी अभियोगमा सजाय पाएका कर्मचारी पेन्सन सुविधाबाट वञ्चित हुनु हुँदैन : सांसद दिलेन्द्रप्रसाद बडू
-
चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन
-
ट्यारिफको पीरले डीएचएलले रोक्यो अमेरिकामा उच्च मूल्यका सामानको डेलिभरी
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
सुरेन्द्र यादव पक्राउपछि विरोधमा उत्रिए निलम्बित उपाध्यक्ष, १० बुँदे धारणा सार्वजनिक