नेविसंघ कास्कीको विवाद अधिवेशनबाट टुङ्ग्याउन केन्द्रीय सदस्यहरूको माग

पोखरा । नेविसंघका सभापति दुजाङ शेर्पाले गौरव बराललाई नेविसंघ कास्कीको अध्यक्ष तोकेर पठाए । त्यसअघि उनैले नशिव गुरुङलाई सभापति तोकेका थिए । नशिवले आफ्नो कार्यकाल सकिएपछि राजीव भण्डारीलाई कार्यवाहक जिम्मेवारी दिए ।
अहिले बराल पनि अध्यक्ष छन्, भण्डारी पनि । अध्यक्ष मात्रै होइन, दुवै पक्षले आफ्नो कार्यसमिति विस्तार गरेका छन् । समानान्तर गतिविधि चलाइरहेका छन् ।
यो क्रम कास्की नेविसंघमा नयाँ भने होइन । हरेक कार्यकालमा कहिले २ जना, कहिले ३ जनासम्म अध्यक्ष बनेर संस्था चलाइरहेका छन् । जसका कारण संगठन कमजोर बनेको भन्दै कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघका केन्द्रीय सदस्यहरूले अधिवेशनको माग गरेका छन् । २२ केन्द्रीय सदस्यमध्ये १४ जनाले तत्कालै जिल्ला अधिवेशनबाट समस्याको समाधान खोज्न माग गरेका हुन् ।
‘समानान्तर समितिका कारण विवाद झन् बढ्दै गएको छ । नेविसंघ कास्की लामो समयदेखि अन्योलमा छ । जसले जिल्लाकै संगठनमा समेत गम्भीर क्षति पुगेको हाम्रो ठहर छ,’ उनीहरूले भने, ‘काँग्रेसका नेताहरू पनि विवाद समाधान गर्न अनिच्छुक देखिन्छन् । थप क्षति हुन नदिनका लागि अधिवेशन मार्फत मात्र समाधानमा पुग्ने निष्कर्षमा पुग्यौँ ।’ उनीहरूले कास्कीबाट प्रतिनिधित्व गर्ने नेविसंघ केन्द्रीय सदस्यलाई प्रतिनिधि तोकेर विवाद समाधानका लागि अपिल गरेका छन् ।
केन्द्रीय सदस्यहरू अञ्जन थापा, कविराज पहारी, गंगा गिरी, निर्दोष विक्रम पौडेल, प्रताप बानियाँ, महादेव गिरी, रसिस हरि भण्डारी, राजीव बास्तोला, राजेन्द्र बराल, विजय घिमिरे, सञ्जय आले, सुजी मगर, सुमिर जंग गुरुङ, सुरेन्द्र बस्नेत र संस्कार कोइरालाले बैठक बसेर अधिवेशन माग गर्ने निर्णय गरेका हुन् ।
उक्त निर्णयमा नेविसंघ केन्द्रीय समिति र काँग्रेस कास्कीलाई बोधार्थ दिएका छन् । उनीहरूले नेविसंघको विवाद समाधान गर्न यसअघि जिल्ला पार्टीलाई पनि ध्यानाकर्षण गराएका थिए । तर समाधान हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी
-
राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड
-
अर्थतन्त्र विकासका लागि सरकारले जोखिम उठाउनैपर्छ – गगन थापा
-
नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने
-
यशस्वीको ६७ रन मद्दतमा राजस्थानले पञ्जावलाई दियो २०६ रनको लक्ष्य