प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ ।
अध्यक्ष प्रचण्ड आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसँग पनि भेट गरेका थिए । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए ।
सो क्रममा महासचिव किरणले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना गरे । सो क्रममा दुवै जना भावुक पनि भएका थिए ।
अध्यक्ष प्रचण्ड र महासचिव किरणबिच २०३८ देखि २०६८ सम्म निकै घनिष्ठ सम्बन्ध रहेको थियो । पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरुले एकले अर्कालाई आदरभावका साथ सम्मान गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातृत्व जोगाउने अभियानको शुभारम्भ
-
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने
-
सैफ अली खानमाथि आक्रमणको मुद्दामा १६१३ पृष्ठको आरोपपत्र : के-के छ ?
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा
-
एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन
-
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना