पहिचानवादी मोर्चाले एमसीसीअन्तर्गतको सबस्टेसन बोजेनी गाउँमा राख्न नदिने

विराटनगर । चारवटा दलले संयुक्त रूपमा बनाएको पहिचानवादी मोर्चाले काठमाडौँको शंखरपुर–३ स्थित बोजेनी लब्सिफेदीमा राख्ने भनेको एमसीसीअन्तर्गतको सबस्टेसनविरुद्ध आन्दोलन गर्ने भएको छ ।
सुनसरीको धरानमा दुई दिनसम्म चलेको उक्त मोर्चाको बैठकले कोशी प्रदेशको पुनः नामकरणको आन्दोलन, ताप्लेजुङको पाथीभरामा बनाउन लागेको केबलकारविरुद्धको आन्दोलनप्रति पनि ऐक्यबद्धता जनाएको छ ।
सो मोर्चामा केपी पालुङ्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टी, प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चा, डकेन्द्र सिंह थेगिम नेतृत्वको प्रदेश नं. १ पुनः नामकन अभियान समिति र ज्ञान बहादुर गुरुङको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश समिति रहेका छन् । मोर्चाको बैठकले गत मंसिर २ गते घोषणा गरेको पहिचानको आन्दोलनलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै ताप्लेजुङ मुकुङ्लुङ आन्दोलनलाई पूर्ण समर्थन गर्ने, आन्तरिक रूपमा संगठन विस्तार, प्रशिक्षण कार्यक्रम गर्ने, नेपालभर देखिएको नो कोशी आन्दोलन, मुकुम्लुङ आन्दोलन र बोजेनी आन्दोलनलाई समर्थन गर्ने उक्त मोर्चाका नेता खगेन्द्र माखिमले जानकारी दिए । ‘बोजिनी गाउँ भनेको एमसीसीको सवस्टेसन राख्ने गाउँ हो । त्यसले गाउँ नै रेड जोनमा राख्ने भएको कारण त्यहाँका आदिवासीको उठिबास लाग्ने भएको छ । हामी त्यहाँका जनताले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछौँ,’ उनले भने, ‘काठमाडौँको खोला किनारका बस्ती उठाउने निर्णयको विरुद्ध, ढोरपाटन आरक्ष क्षेत्रको मगर गाउँले गरिरहेको आन्दोलनलाई समेटेर अगाडि बढ्ने पनि निर्णय भयो ।’
एकल जातीय राज्य, भ्रष्टाचार, असमानता, सबैखाले विभेद र अन्यायविरुद्ध लड्दै देश जिम्मा लिन सक्षम राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नको लागि संयुक्त पहिचानवादी मोर्चाको घोषणा गरिएको उनीहरुको दाबी छ । बैठकले नयाँ दल निर्माणसम्मको लागि चक्रीय प्रणालीको आधारमा डकेन्द्र सिंह थेगिमको संयोजकत्वमा मोर्चाको ४ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक