बैंकिङ कसुर मुद्दामा फरार युवक पक्राउ
आइतबार, १४ पुस २०८१, १९ : २०

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखा घर भएर काठमाडौँ–१५ चमति बस्ने २८ वर्षीय राम विक्रम खड्कालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनलाई आवश्यक अनुसन्धानको लागी प्रहरी वृत्त स्वयम्भूमा पठाइएको छ ।