उच्च शिक्षामा प्रोत्साहन गर्न साइकल उपहार
विराटनगर । विराटनगर महानगरपालिका–१४ ले किशोरीहरूलाई अध्ययनमा प्रोत्साहन गर्न वडाभित्रका एसईई र कक्षा १२ पास गरेका छात्राहरूलाई साइकल वितरण गरेको छ ।
वडाभित्र अझैपनि छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउने चलन नभएका कारण प्रोत्साहन गर्न आफू निर्वाचित भएर आएपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए ।
प्रोत्साहनलाई निरन्तरता दिँदै यो वर्ष पनि एसईई र १२ कक्षा उत्तीर्ण भएका १५ जना छात्राहरूलाई साइकल वितरण गरिएको उनको भनाइ छ ।
अधिकांश किसानहरूको बसोबास रहेको सो वडामा छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउन प्रोत्साहन दिन आवश्यक रहेको उनको भनाइ छ । एसईई उत्तीर्ण भएका ११ जना र कक्षा १२ उत्तीर्ण गरेर स्नातक तह अध्ययन गर्न थालेका ४ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
वडाध्यक्ष महतोले निर्वाचित भएको वर्ष बडाभरिबाट एसईई पास गरेका १० जना जना छात्राहरूलाई १० हजार रुपैयाँ प्रोत्साहन स्वरूप वितरण गरेको जानकारी दिए । गत वर्ष वर्ष ३२ जना छात्राहरूलाई साइकल वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’