हुम्लामा लगातार हिमपात, दैनिक काम प्रभावित
आइतबार, १४ पुस २०८१, १८ : १३
_TjgB8lPfON.jpg)
हुम्ला । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।
हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले जानकारी गराए । “गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ”, उनले भने ।
सिमकोट हुने सबै हवाई यातायात बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन् । यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’