खेलकुद संघलाई कारबाही गर्दैछु, हस्तक्षेप नहोस् : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले पहिला खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राखेको भएपनि केही वर्ष यता नराखेको प्रति असन्तुष्टि जनाए । उनले खेलकुदलाई सामाजिक उत्तरदायित्वमा राख्नसके रोजगारी सिर्जनादेखि अन्य धेरै फाइदा हुने बताए । आगामी वर्षको बजेटमा खेलकुदलाई सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पहल गर्ने बताए ।
मन्त्री चौधरीले कानुन नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनी समेत दिए । खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको उनको भनाइ छ । अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको बताए ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्राचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाएको समेत बताए । केही दिनभित्र खेलकुद संघलाई कारबाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न शीर्ष नेताहरूलाई आग्रह गरे ।
मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताए । उनले नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो गरे । उनले विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्नेमा नरहेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध