अपराध
काठमाडौँको मुलपानीमा दम्पतीमाथि गोली प्रहार, एक जना पक्राउ
आइतबार, १४ पुस २०८१, १७ : ०४

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा दम्पत्तिमाथि गोली प्रहार भएको छ । गए राति साढे १० बजे अर्जुन श्रेष्ठ र शान्ति देवी श्रेष्ठमाथि गोली प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
गोली प्रहारमा संलग्न खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ । शंकरको साथबाट १ थान अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको छ ।
रिद्धिसिद्धि बसपार्क नजिकै श्रेष्ठ दम्पतीको घरमा प्रवेश गरेर आरोपीले गोली प्रहार गरेका हुन् । प्रतिकारको क्रममा शंकर पनि घाइते भएका छन् । तिनै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पारिवारिक रिसिइबिका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)
-
विमलराज र शान्तारानीको गीतमा नाचे हङकङबासी नेपाली
-
एनआरएनएको एकता महाधिवेशन भइछाड्छ, अब रोकिने ठाउँ छैनः कुँवर
-
प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्ने (क्यालेण्डरसहित)
-
दश वर्षपछि उस्तै समयमा भूकम्पको झड्का
-
सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन : मुख्यमन्त्री आचार्य