कानुन नमान्ने खेलकुद सङ्घलाई केहि दिनभित्रै कारबाही गरिन्छ : मन्त्री चौधरी
![कानुन नमान्ने खेलकुद सङ्घलाई केहि दिनभित्रै कारबाही गरिन्छ : मन्त्री चौधरी](https://npcdn.ratopati.com/media/news/tejulal_pXKdF64Luy.jpg)
काठमाडौँ । खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको कानुन नमान्ने खेलकुद सङ्घलाई केहि दिनभित्रै कारबाही गर्ने स्पष्ट पारेका छन् । कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले केहि खेलकुद सङ्घ ऐन कानुन विपरीत अघि बढिरहेको भन्दै छिटै कारबाही गर्ने बताएका हुन् ।
उनले अहिले खेलकुद सङ्घका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको बताए । अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन व्यवस्थित गर्न खोजेपछि कमिटीले त्यसलाई अटेर गरेको उनले बताए ।
मन्त्री चौधरीले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद सङ्घहरूलाई पत्राचार गरे पनि नमानेको र त्यसपछि स्पष्टीकरण पठाएको जिकिर गरे । केहि दिनभित्र खेलकुद सङ्घलाई कारबाही गर्ने भन्दै उनले त्यसमा हस्तक्षेप नगर्न आग्रह गरे ।
मन्त्री चौधरीले नेपालको खेलकुद पूर्वाधारका लागि पर्याप्त बजेट नभएकाले आगामी वर्ष बजेट बढाउने गरी पहल गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी