शिक्षा सुधारको माग राख्दै १५ दिनदेखि सडकमा उभिए नेत्र चापागाईं

काठमाडौँ । शिक्षा क्षेत्रको सुधारको माग गर्दै को माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं १५ दिनदेखि सडकमा उभिएका छन् । सङ्घीय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने लगायतका १५ सूत्रीय माग राखेर चापागाईं विगत १५ दिनदेखि दिनभर सडकमा उत्रिएका हुन् ।
प्रत्येक प्रदेशको सदरमुकाममा २ दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उत्रिएर उनले आफ्ना माग सम्बोधनका लागि ध्यानाकर्षण गराएका हुन् ।
पोखराबाट आन्दोलनका सुरुवात गरेका चापागाईंले शनिवार सातै प्रदेशको सदरमुकाममा उभिएर सकेका थिए । आज काठमाडौँको माइतीघर मण्डलामा उभिएर आन्दोलन गरिरहेका चापागाईंले १५ दिनदेखि सडकमा उभिँदा पनि राज्य मौन बसेको बताए । पोखरा हुँदै, धनगढी, नेपालगन्ज, सुर्खेत, हेडौंडा, जनकपुर र विराटनगरमा २÷२ दिन सडकमा उभिइसकेका छन् ।
पुस ९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको गृहजिल्ला कास्कीबाट उनले आन्दोलनको सुरुवात गरेका थिए । उनले विद्यालय शिक्षा ऐन तत्काल आउनुपर्ने, ऐनमा ईसीडी शिक्षकलाई समावेश गर्नुपर्ने, विद्यालयहरूमा १० युनिटसम्म पानी र बिजुली निःशुल्क दिनुपर्ने लगायतका माग अघि सारेका छन् ।
गत जेठमा उनी काठमाडौँको माइतीघरमा ११ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वासन दिएकी थिइन् ।
‘२०७२ सालमा संविधान जारी गर्यौँ । २ वर्षभित्रमा मौलिक अधिकारका लागि कानुन बनाउने भनियो । तर, साढे ९ वर्ष बितिसक्दा पनि नेपालमा शिक्षा ऐन जस्तो महत्त्वपूर्ण आएको छ । जसले स्थानीय तह र प्रदेशले समेत ऐन बनाउन नपाएर जहाँ गएर पनि अप्ठ्यारो पारिरहेको छ,’ उनले भने ।
सार्वजनिक शिक्षा सुनिश्चित हुने खालको उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदनमा आधारित रहेर तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने उनको माग छ । १५ दिनसम्म एक जना नागरिक सार्वजनिक शिक्षा सुधारको माग अघि सारेर सडकमा उभिँदा पनि राज्यले छलफलका लागि नबोलाएको उनको भनाइ छ ।
‘एमाले र कांग्रेस मिलेर बनेको लोकतान्त्रिक सरकारले यत्रो दिनसम्म एक जना नागरिक सडकमा उभिँदा पनि छलफलका लागि नबोलाउँदा मलाई दुखित बनाएको छ । अब धेरै दिन उभ्याउँदैन होला भन्ने लागेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक