दक्षिण कोरियामा विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ पुग्यो
आइतबार, १४ पुस २०८१, १६ : ०४

सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ जना पुगेको छ । ६ जना क्रु मेम्बर समेत गरेर १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् ।
यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ ।
राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह