बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

दामल फेलोसिप–२०२५ को घोषणा

आइतबार, १४ पुस २०८१, १६ : ०१
आइतबार, १४ पुस २०८१

काठमाडौँ । जस्ट फ्युचर्स पहलले यही जनवरी, २०२५ देखि राष्ट्रिय स्तरमा दामल फेलोसिप–२०२५ सञ्चालन गर्ने भएको छ । 

यस फेलोसिपबाट जात, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोमा रहेका भाष्य, ज्ञान र कल्पनाबारे गहन समालोचनात्मक बुझाइका साथै लिखित र गैरलिखित नयाँ सिर्जनाहरू गर्ने उद्देश्य राखिएको छ । यो फेलोसिप दलित महिलाहरूका माया, खुसी, भोगाइ, क्षमता एवं आकांक्षालाई केन्द्रमा राखेर नौ महिनासम्म सघन रूपले सञ्चालन गरिनेछ । 

मधेस प्रदेशमा चलाइएको जस्ट फ्युचर्स फेलोसिप र राष्ट्रिय स्तरमा सञ्चालन गरिएको जेएफपी फ्याकल्टी सेमिनारका सहभागीहरुबीच जेएफपीले गरेको आह्वान अनुसार आवेदन दिएका १२ जनामध्ये ६ जना प्रतिभाशाली दलित महिलाहरुलाई यो फेलोसिप प्रदान गरिएको छ । यसमा अन्जना बिशंखे, अस्मिता माझी, ककुन्ती रविदास, मधु महरा, सीता बौडेल र सीमा बैठा रहेका छन् ।

यस फेलोसिपमा जेएफपीले जीवनका विभिन्न आयाम भोगेका गतिशील दलित महिलासँग जोडिएर सिक्ने–सिकाउने पहलमा जेएफपीका टिम पनि शिक्षार्थी र फ्याकल्टीका रूपमा पनि सहभागी हुनेछ । 

यस फेलोसिपमा शैलजा पाइक, सरिता परियार, लुशिंदा र्‍याम्बर्ग, उमा चक्रवर्ती, त्रिरत्न मानन्धर र आना स्टर लगायतका अन्य चिन्तक र बौद्धिकहरूको विशेष सहभागिता रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप