मोटरसाइकल किन्न दम्पतीले बेचे ९ दिनको छोरो
आइतबार, १४ पुस २०८१, १६ : ००

नयाँ दिल्ली । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।
एक दम्पतीले मोटरसाइकल किन्नका लागि आफ्नो ९ दिनको छोरो बेचेको पाइएको हो । उनीहरूले ६० हजार भारुमा छोरो बेचेको प्रहरीले जनाएको छ ।
सो दम्पतीले भने छोरा बेचेको आरोप अस्वीकार गरेको छ । उनीहरूले गरिबीका कारण बच्चालाई पालनपोषण गर्न नसक्ने भएपछि निःसन्तान दम्पतीलाई आफ्नो छोरा दान दिएको बताएका छन् ।
गोप्य सूचनाका आधारमा कारबाही गर्दै प्रहरी र बाल कल्याण समितिको संयुक्त टिमले शनिबार शिशुको उद्धार गरेको छ ।
प्रहरीले भने बच्चा किनबेच भएको गोप्य सूचना अनुसार कारबाही अघि बढाइएको दाबी गरेको छ । प्रहरीले दुवै परिवारलाई बोलाएर यसबारे अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी
-
वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गरिनुपर्छ : उपेन्द्र यादव
-
महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी