सन् २०२४ मा सर्वाधिक शतक : इङ्ल्यान्ड र श्रीलंकाली ब्याट्सम्यानको दबदबा
काठमाडौँ । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो प्रतियोगिताका रूपमा आईसीसी टी–२० विश्वकप आयोजना भयो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपको उपाधि भारतले जित्यो ।
एकदिवसीयतर्फ भने सन् २०२४ मा आईसीसीको कुनै ठुलो प्रतियोगिता आयोजना भएन । यो वर्ष विश्व क्रिकेटका प्रभावशाली राष्ट्रहरूले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न सक्दो प्रयास गरे ।
यसैगरी, विभिन्न राष्ट्रबिच तीनवटै ढाँचाको प्रतियोगितामा द्विपक्षीय शृङ्खलाहरू पनि आयोजना भए । सन् २०२४ हामीबाट बिदा हुन दुई दिन मात्र बाँकी रहँदा यो वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने ब्याट्सम्यानहरूको बारेमा यहाँ उल्लेख गरिएको छ ।
- जो रुट (इङ्ल्यान्ड)
इङ्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान जो रुटका लागि सन् २०२४ उपलब्धिपूर्ण रह्यो । तीनवटै ढाँचा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रियलाई मिलाउँदा यो वर्ष जो रुटले १७ खेलको ३१ पालीमा कुल ६ वटा शतक प्रहार गरे । यो वर्ष तीनवटै ढाँचाको क्रिकेटलाई मिलाउँदा उनले ५५.५७ को औसतमा कुल एक हजार पाँच सय ५६ रन बनाए । उनको स्ट्राइक रेट ६३.३८ रह्यो ।
- ह्यारी ब्रुक (इङ्ल्यान्ड)
ह्यारी ब्रुक पनि इङ्ल्यान्डकै प्रभावशाली ब्याट्सम्यान हुन् । सन् २०२४ उनको लागि पनि महत्त्वपूर्ण रह्यो । ब्रुकले यो वर्ष तीनवटै ढाँचाको क्रिकेटलाई मिलाएर कुल पाँचवटा शतक बनाए । उनले २७ खेलको ३१ पालीमा ५८.३३ को औसतले कुल एक हजार पाँच सय ७५ रन बनाए । यो वर्ष उनको स्ट्राइक रेट ९५.६८ रह्यो । उनले चार शतक टेस्टमा र एक शतक एकदिवसीयमा बनाएका हुन् ।
- कामिन्दु मेन्डिस (श्रीलंका)
श्रीलंकाली टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, कामिन्दु मेन्डिस । उनका लागि पनि सन् २०२४ महत्त्वपूर्ण रह्यो । मेन्डिसले तीनवटै ढाँचाको प्रतियोगितालाई मिलाएर यो वर्ष कुल पाँचवटा शतक प्रहार गरे । उनले ३३ खेलको ३७ पालीमा ४८.३६ को औसतले कुल एक हजार चार सय ५१ रन बनाए । उनको स्ट्राइक रेट ७५.२५ रह्यो । उनले पाँचवटै शतक टेस्ट क्रिकेटमा बनाएका हुन् ।
- केन विलियम्सन (न्युजिल्यान्ड)
न्युजिल्यान्डका चर्चित ब्याट्सम्यान केन विलियम्सनका लागि पनि सन् २०२४ उपलब्धिमूलक रह्यो । तीनवटै ढाँचाको क्रिकेटलाई मिलाउँदा उनले सन् २०२४ मा चारवटा शतक प्रहार गरे । उनले १५ खेलको २३ पालीमा ५६.२० को औसतले कुल एक हजार एक सय २४ रन बनाए । यो वर्ष उनको स्ट्राइक रेट ५७.६४ रह्यो । उनले चारवटै शतक टेस्ट क्रिकेटमा बनाएका हुन् ।
- ट्राभिस हेड (अस्ट्रेलिया)
अस्ट्रेलियाका क्षमतावान् ब्याट्सम्यान हुन्, ट्राभिस हेड । अस्ट्रेलियाले अहिले भारतसँग घरेलु मैदानमा पाँच टेस्टको शृङ्खला खेल्दैछ । यो शृङ्खलामा चम्किएका ब्याट्सम्यानमध्ये हेड पनि एक हुन् । उनले यो वर्ष तीनवटै ढाँचाको प्रतियोगितालाई मिलाउँदा चारवटा शतक बनाएका छन् । उनले २९ खेलको ३५ पालीमा ४२.३९ को औसतले कुल एक हजार तीन सय ९९ रन बनाएका छन् । यो वर्ष उनको स्ट्राइक रेट ११४.२९ रह्यो ।
- पाथुम निसानका (श्रीलंका)
श्रीलंकाली क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान हुन्, पाथुम निसानका । उनका लागि पनि सन् २०२४ महत्त्वपूर्ण रह्यो । उनले तीनवटै ढाँचाको क्रिकेटलाई मिलाउँदा यो वर्ष चार शतक प्रहार गरे । उनले ३६ खेलको ४१ पालीमा ४४.८३ को औसतले कुल एक हजार ६ सय ५९ रन बनाए । यो वर्ष उनको स्ट्राइक रेट १०५.५३ रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–नौबिसे –मुग्लिन सडकमा नतिजा देखिने गरी काम गर्न निर्देशन
-
खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य
-
रातोपाटी एपमा नयाँ फिचर 'रातोपाटी पात्रो' अपडेट, के-के छन् विशेषता ?
-
यी हुन् २०२४ मा धेरै कमाउने ३ भारतीय फिल्म
-
शैक्षिक बहसमा बाबुराम भट्टराईसहितका नेताहरू, तस्बिरहरु
-
भीम रावलको पत्रकार सम्मेलन : ३१ पानामा ओलीको आलोचना, एक पानामा आफ्नो योजना (पूर्णपाठ)