जमानतमा रिहा भएकोमा उत्सव मनाएका हतियार कारोबारी फेरि जेलमा, छोरा पनि पक्राउ
आइतबार, १४ पुस २०८१, १५ : २१
![जमानतमा रिहा भएकोमा उत्सव मनाएका हतियार कारोबारी फेरि जेलमा, छोरा पनि पक्राउ](https://npcdn.ratopati.com/media/news/capture_fudDNiqJs1.png)
नयाँ दिल्ली । भारतमा एक हतियार कारोबारीले जमानतमा रिहा भएपछि घरमा उत्सव मनाए । तर यो पटक उनी आफूमात्र होइन, छोरासहित जेलमा पुगे ।
भारतको उत्तर प्रदेश राज्यको बुलन्दशहर जनपदको खुर्जा निवासी रिजवान अन्सारी जेलमा थिए । उनी भारतकै विभिन्न राज्यमा हतियार कारोबारमा संलग्न रहँदै आएको आरोप छ ।
थुनामा रहेका अन्सारी हालै जमानतमा रिहा भएका थिए । रिहाइको खुसीयालीमा उनले घरमा उत्सव मनाए । यस क्रममा आतिशवाजी, डीजे बजाइनुका साथै हर्षबढाइँका लागि फायरिङसमेत भयो ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सोही आधारमा प्रहरीले अन्सारी र उनका छोरालाई पक्राउ गरेको छ ।
आरोपितका साथबाट प्रहरीले ९ वटा साना अवैध हतियारसमेत बरामद गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ अन्सारी जेलबाट रिहा भएका थिए । शुक्रबार नै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना