२१ अंकले घट्यो नेप्से
![२१ अंकले घट्यो नेप्से](https://npcdn.ratopati.com/media/news/nepse-stock-share_APPF8PGfS9.jpg)
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) २१ अंकले घटेको छ । २६३२ बिन्दुबाट सुरु भएको बजार आजको उच्च अंक २६४२ बिन्दुसम्म उक्लिएको थियो । त्यसपछि ओरालो लागेको बजार २६०९.५८ बिन्दुमा आएर रोकिएको हो ।
आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा कुल ५ अर्ब ४७ करोड ४८ लाख मूल्यको कारोबार भयो ।
आइतबार ६९ कम्पनीको मूल्य बढेको छ । जसमा माहुली लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । बाँकी कम्पनीको मूल्य सामान्य रूपमा बढेको छ ।
आइतबार १७२ कम्पनीको मूल्य घट्यो । जसमध्ये सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो ।
आज सबैभन्दा धेरै फाइनान्स उपसमूहका कम्पनीको मूल्य घटेको छ । समग्रमा यो उपसमूहको सूचक ४.४७ प्रतिशतले ओरालो लाग्यो । विकास बैंक उपसमूहको सूचक २.६५ प्रतिशतले झरेको छ । लघुवित्त उपसमूहको सूचक भने १.१२ प्रतिशतले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र
-
केबलकारको नाममा किन भयो अशान्ति ?